एमालेको आकस्मिक सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयलको बैठक बसिरहेको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहानैदेखि बसिररहेको हो ।
एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएको थियो । तर, सत्ता गठबन्धन धरमराएसँगै एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।
बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भएका छलफलका विषयमा जानकारी छन् ।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयकको संशोधन मस्यौदा प्रतिवेदनका विषयमा पनि छलफल हुने जनाइएको छ ।
