प्रेस युनियन मकवानपुरको प्रशिक्षण तथा वनभोज कार्यक्रम सम्पन्न

तु खबर संवाददाता
२०८० फाल्गुन २०, आईतवार ०९:१४

हेटौंडा । नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति मकवानपुरको प्रशिक्षण विभागले शनिवार प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

युनियन मकवानपुरका उपाध्यक्ष एवम् प्रशिक्षण विभाग प्रमुख कपिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले प्रेस जगत स्वतन्त्र हुँदा लोकतान्त्रिक मुल्यमान्यता फस्टाउँदै जाने बताए । उनले पत्रकारहरुलाई लोकतान्त्रिक मुल्य मान्यताबाटै समाजको कल्याण हुने समेत बताए ।

‘पत्रकारिता आवाज विहिनहरुको आवाज हो, व्यवसायिक पत्रकारिता आजको आवश्यकता हो । नेपाली कांग्रेस व्यवसायिक पत्रकारिता र स्वतन्त्र प्रेसको पक्षमा छ । हामी यहाँहरुसँग सहकार्य गर्न सदैव तयार छौँ ।’ उनले भने ।

कार्यक्रममा युनियनकर्मीहरुलाई केन्द्रीय उपाध्यक्ष एवम् प्रशिक्षण विभाग प्रमुख नकुल अर्यालले विशेष सांगठनिक प्रशिक्षण एवम् प्रशिक्षण विभागका सदस्य शिरोमणी ढुंगानाले लोकतान्त्रिक मूल्य प्रर्वद्धनमा प्रेसको भूमिका विषयक प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा मकवानपुरका अध्यक्ष सुवास विडारी, कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन प्रसाद चौलागाईँ, युनियन केन्द्रीय सदस्य राजन दाहाल खुसराज, मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए । युनियनले प्रशिक्षणसँगै वनभोज कार्यक्रमसमेत आयोजना गरेको थियो ।