भक्तराज आचार्यको निधन, राष्ट्रिय सम्मानका साथ बिदाइ गरिने
काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।
आज ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा अपराह्न बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए ।
१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् ।
आचार्यका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बनी, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन् । आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् ।
उनकोे पार्थिव शरीरलाई भोलि बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गरिने भएको छ ।
