प्रधानन्यायाधीशद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

तु खबर संवाददाता
२०८० फाल्गुन ९, बुधबार १७:३६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

बुधवार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

न्याय परिषद्का अध्यक्ष समेत रहेका श्रेष्ठले नेपालको संविधानको धारा १३८ बमोजिम प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।