नेविसंघ कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौंडाको सभापतिमा घिमिरे

तु खबर संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १७:१२

मकवानपुर । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय, हेटौंडाकोे सभापतिमा अस्मित घिमिरे चयन भएका छन् ।

बिहीबार हेटौंडामा भएको सातौं अधिवेशनबाट घिमिरेको संयोजकत्वमा २१ सदस्यीय समिति चयन गरिएको हो ।

समितिको वरिष्ठ उपसभापतिद्वय सुदिप्ता सापकोटा र रोजित भण्डारी, उपसभापतिहरु सन्ध्या कंडेल, अरुणा प्याकुरेल, जीवन शर्मा गैरे, विप्पन श्रेष्ठ, सचिव दीपेन्द्र कुमार शाही, कोषाध्यक्ष ऋषिकेश कुमार बानियाँ, उपसचिव सुजल अधिकारी र सहकोषाध्यक्ष संगिता काफ्ले चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः असिम डुम्रे, दिपा आचार्य, सुष्मा बोगटी, सुरक्षा पौडेल, ज्योति भट्ट, डेविड ठकुरी, पपुजाकुमारी साह कानु, विवेक खत्री, हिमसागर दाहाल र भद्र विष्ट निर्विरोध चयन भएका हुन् ।

कार्यक्रम नेविसंघ वन विज्ञान संकाय हेटौंडाका छैठौं ईकाई समितिका सभापति संकल्प सेढाईको सभाध्यक्षता एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।