नेप्सेमा १४ अंकको वृद्धि
काठमाडौं । आज साता कारोबारको दोस्रो अर्थात सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १४ अंकको वृद्धि भएको छ ।
यस्तै, २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको ७४ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ भो १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको मूल्यमा भने गिरावट आएको छ ।
यस्तै, १३ वटा कम्पनीको मूल्य भने स्थिर छ । परिसूचक दोहोरो अंकले बढ्दा नेपाल टेलिकम र पिपल्स पावर लिमिटेडको मूल्य समान १०/१० प्रतिशतले बढेको छ ।
