लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ हेटौंडाको अध्यक्षमा स्याङ्बो
हेटौंडा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ हेटौडा उपमहानगरपालिका समितिकोे शनिवार सम्पन्न प्रथम अधिवेशनबाट शान्ति स्याङ्गो लोप्चनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा प्रमिला राई, जगबीर रुम्बा लामा, सचिवमा सृष्टी गोर्खाली र गोपाल लामा सहसचिवमा प्रमिला राई लिम्बु र प्रकाश स्याङ्तान चुनिएका हुन् । त्यस्तै सदस्यहरुमा इस्वरी सिल्पकार, सुनिल थिङ्ग, रजिना श्रेष्ठ, विश्वनारायण श्रेष्ठ, लक्ष्मीदेवी श्रेष्ठ र कल्पना थिङ्ग चुनिएका हुन् ।
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सदस्य चम्फुरत्न लामा, जानकी गिरी, उपसभापति आनन्द कठायत , सचिव भीमसेन महत, सहसचिव इन्दिरा न्यौपाने, प्रवक्ता अर्जुन चौलागाईं, लोकतन्त्रवादी आदिबासी जनजाती महासंघकी केन्द्रीय सदस्य लक्ष्मी थिङलगायतले मन्तव्य राखेका थिए ।
महासंघ नगर अध्यक्ष हर्करत्न लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव जय नारायण श्रेष्ठले सहजिकरण गरेका थिए ।

