हेटौंडा १९ मा नेकपा एसको वडा कमिटी पुर्नगठन

तु खबर संवाददाता
२०८० माघ १, सोमबार ०९:०१

हेटौंडा । नेकपा एकिकृत समाजावादीको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ मा वडा कमिटी पुर्नगठन गरिएको छ । पार्टिका अध्यक्ष रहेका रामप्रसाद दाहाल एमाले प्रवेश गरेपछि नेतृत्व बिहिन बनेको पार्टिको पुर्नगठन गरिएको हो ।

सनिवार हेटौंडा १९ ज्यामिरेमा भएको वडा भेलाले मानबहादुर मोक्तानको अध्यक्षतामा १५ सदस्य वडा कमिटी गठन गरेको हो । कमिटिका उपाध्यक्षमा रुपक व्लोन र सचिबमा सरिता सिग्देल रहेका छन् । त्यस्तै भेलाले विकास भ्लोनको अध्यक्षतामा १५ सदस्यीय युवा संघ १९ नम्बर वडा कमिटी गठन गरेको छ । युवा संघको वडा उपाध्यक्षमा मिलन घलान र सचिवमा नबवाज मुक्तान रहेका छन् ।

वडा भेलाले निरुता मोक्तानको अध्यक्षतामा १७ सदस्य अखिल नेपाल महिला संघ (समाजवादी) गठन गरेको छ । महिला संघको उपाध्यक्षमा सरस्वती घलान, सचिव सरीता गोले र कोषाध्क्षमा मानकुमारी तितुङ रहेका छन् ।

वडा भेलामा नेकपा एसका पोलिटव्युरो सदस्य धनप्रसाद गौतमले समाजवादी अभियानमा जोडिएका सम्पुर्णलाई स्वागत गर्दै सपथ ग्रहण गराएका थिए । उनले पार्टीले चलाउको अभियानमा जोडिर्दै संगठन बिस्तामा लाग्न सबैलाई आग्रह गरे । बिस्तारै पार्टीले गति लिर्दै जाने उनको भनाई थियो ।

भेलामा नेकपा एसका केन्द्रीय सदस्य मीनाकुमारी लामाले संगठनलाई बलियो बनाउँदै लैजादा हामी आँफै पनि बलियो हुने बताइन् । आफु अहिले उपमहानगरको नेतृत्वमा समेत रहेको अवस्थामा बिपन्न र भौगोलिक रुपमा विकट रहेका क्षेत्रलाई प्राथमितामा राखेर काम गरिरहेको बताइन् ।

हेटौंडा उपमहानगरपालिका १९ नम्वर वडाका कार्यबाहक अध्यक्ष मानबहादुर मोक्तानको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, जिल्ला सचिव ध्रुर्व बहादुर भुुजेल, अनेम संघ समाजवादीका जिल्ला उपाधयक्ष निता तिमल्सिना, अनेमसंघ नगर उपाध्यक्ष सरिता सिग्देल र नगर सदस्य महालक्ष्मी लामिछानेको आतित्यता रहेको थियो ।