रात्रिकालिन पाहुना विश्रामघर उद्घाटन

तु खबर संवाददाता
२०८० पुष २९, आईतवार ०७:३२

मकवानपुर । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित रात्रिकालिन पाहुना विश्रामघरको उद्घाटन गरिएको छ ।

शनिबार नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले भुटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिद्वारा संचालित उक्त विश्रामघर उद्घाटन गरेका हुन् ।

भुटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिको २० औं साधारणसभा तथा अधिवेशनको अवसर पारेर २४ कोठे विश्रामघर उद्घाटन गरिएको हो । सो विश्रामघर बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको हो ।

कार्यक्रममा बोल्दै बानियाँले भुटनदेवी मन्दिरको भौतिक पूर्वाधार निर्माण तथा पर्यटकीय प्रर्वद्धनका लागि विगतमा पनि सहयोग गरेको बताउँदै आगामी दिनमा पनि प्रदेश सरकारबाट आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।