पार्टीसम्बद्ध संगठनको भेलामा सहभागी हुन लिङ्देन मलेसिया प्रस्थान
काठमाडौँ । प्रवासी नेपाली एकता समाजको भेलामा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन्।
मलेसियाको क्वालालम्पुरमा पार्टीसम्बद्ध संगठनको भेलामा सहभागी हुन उनी गएराति मलेसिया प्रस्थान गरेका हुन् ।
कार्यक्रमको क्रममा लिङ्देनले मलेसियामा रहेका नेपाली समुदायसंग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
लिङ्देन पुष २४ गते स्वदेश फर्कनेछन् ।
