भारतीय विदेशमन्त्री जयशंकर नेपाल आइपुगे

तु खबर संवाददाता
२०८० पुष १९, बिहीबार १०:१५

काठमाडौं । नेपाल–भारतको संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस.जयशंकर नेपाल आइपुगेका छन् ।

वायुसेनाको विशेष आइएफसी ३१ विमान बाट उनी विहान ९ः३० मा नेपाल आइपुगेका हुन् । उनलाई एयरपोर्टमा स्वागत गर्न परराष्ट्रमन्त्री एनपी साउद आफैँ पुगेका थिए ।

उनी ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।