पाकिस्तानमा गोली हानेर ६ जना मजदुरको हत्या
काठमाडौँ । पाकिस्तानमा गोली हानेर ६ जना मजदुरको हत्या गरिएको छ । खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेको र सो घटनामा ६ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै जनाएको छ ।
मृत्यु हुने मजदुरहरु दक्षिण वजिरिस्तान जिल्लामा एउटा प्रहरी चौकी भवन निर्माण कार्यमा संलग्न थिए ।
गत हप्ता मात्रै खैबर पख्तुनख्वा प्रान्तको सेनाको कम्प्लेक्समा भएको आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो । उक्त हमलाको जिम्मा पाकिस्तानी तालिबानसँग सम्बन्धित संगठनले लिएको थियो ।
अफगान शरणार्थीलाई लिएर अहिले पाकिस्तान र अफगानिस्तानको तालिबान सरकारबीचको सम्बन्ध बिग्रँदै गएको छ ।
