दुई देशमा गैरआवासीय राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दुई देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राजदूत नियुक्त गरेका हुन् ।
नियुक्त हुने राजदुतहरुमा दानबहादुर तामाङ र रामप्रसाद सुवेदी रहेका छन् । तीमधये दाबहादुरलाई गणतन्त्र मोजाम्बिकको लागि र रामप्रसादलाई इटालीका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार, दानबहादुर दक्षिण अफ्रिकाका लागि र रामप्रसाद स्विटजरल्याण्डका लागि नेपालका आवासीय राजदूत हुन् ।
