यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी गराएको हो ।
साथै महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख गरेको छ ।
महाशाखाका अनुसार, हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको र त्यसको प्रभावले मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
