यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको केही स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै, आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही ती प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने देशको बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
