नेविसंघका केन्द्रीय सदस्यको प्रस्थापना गरिँदै

तु खबर संवाददाता
२०८० कार्तिक १७, शुक्रबार १६:०७

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्यहरूलाई प्रस्थापना गरिँदैछ ।

केन्द्रीय सदस्यहरूको प्रस्थापना यही कात्तिक २० र २१ गते गर्ने भएको नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रममा नेविसंघबाट उम्मेदवार भई स्ववियु सभापति जितेकाहरूलाई पनि सम्मान गरिने भएको उनले बताए ।

पार्टीका सभापति शेरबहादुर देउवाले गत साउनमा नेविसंघ केन्द्रीय समितिमा ७१० जनालाई नियुक्त गरेका थिए ।