बागमती प्रदेश सभा : जेष्ठ सदस्य अधिकारीद्वारा प्रतिवेदन प्रस्तुत
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा प्रदेश मामिला समितिले एउटा विधेयकमाथि तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको छ ।
बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको हो ।
प्रदेश मामिला समितिका जेष्ठ सदस्य शिवराज अधिकारीले उक्त विधेयक प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।
उक्त विधेयक प्रदेश मामिला समितिको आजै बसेको बैठकमा दफाबार छलफल गरी प्रतिवेदन तयार गरिएको थियो ।
प्रदेश सभाको अर्को बैठक भोलि असोज २२ गते अपराह्न ४ बजे बस्ने प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी गराए ।
प्रदेश सभाको आज ३ बस्ने भनिएपनि करिब डेढ घण्टा ढिला गरी सुरु भई ४ मिनेट बसेर स्थगित भएको थियो ।
