अमेरिका युक्रेनको सार्वभौमसत्ता र जनताको पक्षमा उभिनेछ – जो बाइडेन
न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनलले अमेरिकाले सबै मानिसहरुका लागि अझ सुरक्षित, थप सम्मृद्ध र अधिक समानतापूर्ण संसार खोज्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभालाई आज सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले कुनै पनि राष्ट्रले अहिलेको चुनौतीलाई एक्लै सामना गर्न नसक्ने समेत बताए ।
बाइडेनले आक्रमणकारीलाई खुसी पार्न संयुक्त राष्ट्रसंघका बडापत्रको मूल सिद्धान्तहरु त्यग्न नसकिने बताउँदै यदी यी मूल सिद्धान्तहरु त्याग्यौ भने कुनै पनि सदस्य राष्ट्र सुरक्षित छ भनी विश्वास गर्न सक्ने अवस्था नरहने बताए । भोलिका आक्रमणकारीहरुलाई रोक्न पनि आज यस्तो नग्न आक्रमणको सामना गर्नुपर्ने बाइडेनको धारणा छ ।
त्यसैले संयुक्त राज्य अमेरिका हाम्रा सहयोगी र विश्वभरका साझेदारहरूसँग मिलेर युक्रेनका साहसी जनताको साथमा उभिनेछ किनभने उनीहरूले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता र उनीहरूको स्वतन्त्रताको रक्षा गर्छन्, – बाइडेनले महासभामा भने ।
उनले विश्व थाकेर रसियालाई बिना परिणाम युक्रेनमा क्रूरता गर्न अनुमति नदिने बताए । बाइडेनले प्रश्न गरे – रसिया विश्वास गर्दछ कि विश्व थकित हुनेछ र यसलाई बिना परिणाम युक्रेनलाई क्रूर गर्न अनुमति दिनेछ।

तस्बिर : गिरिजा अधिकारी । न्यूयोर्क
त्यसैगरी बाइडेनले डढेलोले उत्तरी अमेरिका र दक्षिणी युरोपलाई ध्वस्त पारेको बताए । लिबियामा आएको भयानक बाढीले हजारौँको ज्यान लिएको स्मरण गर्दै बाइडेनलले आफू आएकै दिनदेखि आफ्नो प्रशासनले यसलाई अस्थित्वको खतराको रुपमा व्यवहार गरेको बताए । यो हाम्रो लागि मात्र होइन, सम्पूर्ण मानवताका लागि खतरा हो, बाइडेनले भने । जलबायु परिवर्तनसँग लड्न आवश्यक रहेको बाइडेनले बताए ।
बाइडेनले युक्रेनको पक्षमा अमेरिकाको समर्थनलाई पुनः दोहोर्याएका छन् । युक्रेनमा रुसको आक्रमणको प्रतिक्रियामा राष्ट्रपति बाइडेनले युक्रेनको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताको समर्थनमा विश्वभरका आफ्ना सहयोगी र साझेदारहरूको साथमा उभिने अमेरिकाको प्रतिबद्धता जनाए । उनले रुसलाई जवाफदेही बनाएर भविष्यमा हुने आक्रामक कार्यलाई रोक्ने महत्त्वमा जोड दिँदै आक्रमणको विरोधमा एकजुट हुन विश्व समुदायलाई आह्वान गरे।
