झिनो अंकले घट्यो नेप्से, ९८ करोड ८६ लाखको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से झिनो अंकले घटेको छ । सोमबार केही सुधार देखिएको नेप्से मंगलबार फेरी घटेको हो ।
आज नेप्से परिसूचक ५ अंकले घटेर १९९३ कोे विन्दुमा कायम भएको छ । सोमबार नेप्से ५ अंकले बढेर १९९८ को विन्दुमा कायम भएको थियो ।
यस्तै, आज नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको ४० लाख कित्ता शेयर किनबेच हुदा ८६ करोड ५१ लाखको कारोबार भएको छ ।
यसअघि सोमबार नेप्सेमा सूचीकृत २७९ कम्पनीहरुको ३६ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ९८ करोड ८६ लाखको कारोबार भएको थियो ।
आज ९ वटा उपसूचकमा गिरावट आएको छ भने बाँकीका ४ उपसूचक बढेका छन् । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ०.६३ प्रतिशतले घटेको छ भने म्युचुअल फण्ड उपसूचक सर्वाधिक ०.२५ प्रतिशतले बढेको छ ।



