रास्वपा मकवानपुरद्वारा क्षेत्रीय पदाधिकारीहरु चयन
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मकवानपुरले क्षेत्रीय पदाधिकारीहरु चयन गरेको छ । शनिवार भएको क्षेत्रीय भेलाले मकवानपुरको क्षेत्र नं. १ र २ मा सभापति चयन गरेको हो ।
भेलाले मकवानपुर क्षेत्र नं. १ को सभापतिमा टाकाराज थापालाई चयन गरेको छ भने उपसभापतिमा जगदिश दहाल, सचिवमा किशोर अर्याल र सदस्यहरुमा क्रमश शिव कुमारी पाठक र राधा बजगाईं निर्विरोध चयन गरेको छ ।
त्यस्तै, भेलाले क्षेत्र नं. २ का सभापतिमा सन्जिव पाठलाई चयन गरेको छ भने उपसभापतिमा सन्तोष बर्तौला, सचिवमा आशा कुमारी अधिकारी र सदस्यहरुमा क्रमशः राधिका सामरी पाण्डे र सन्दिपा डोटेललाई चयन गरेको छ ।
