संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते
काठमाडौँ । संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि तय गरेको छ ।
प्रतिनिधिसभा सञ्चालन भएको ८ महिनापछि यसअन्तर्गत रहेको संसदीय समितिले नेतृत्व पाउने भएको हो ।
सभामुख देवराज घिमिरेले बिहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि तय गरेका हुन् ।
संसद बैठक बस्न थालेको ५ महिनामा संसदीय समिति गठन भएपनि सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गरिँदै आइएको थियो ।
प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति रहेका छन् ।
