संसद् संचालन गर्न राष्ट्रिय दलहरुबीच २ बुँदे सहमति

तु खबर संवाददाता
२०८० भाद्र ६, बुधबार १५:३६
file-photo

काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि राष्ट्रिय दलहरुबीच २ बुँदे सहमति भएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरुको बुधबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकबाट २ बुँदे सहमति भएको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । बैठकले २ बुँदे सहमति जुटाएसँगै संसदमा जारी अवरोध हट्ने भएको छ ।

उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।