आइतबार नेप्सेमा दोहोरो अंकको सुधार
काठमाडौं । आज साता काराबारको पहिलो दिन अर्थात आइतबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । आइतबार नेप्से सूचकांक १४ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचीकृत कुल २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख ६० हजारको कारोबार भएको छ ।
नेप्सेमा सुधार देखिएसँगै ९ उपसूचकमा हरियाली छाएको छ । आज निर्जीवन बीमा उपसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ भने दोस्रोमा होटल तथा पर्यटन उपसूचक १.८७ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज माइक्रोफाइनान्स उपसूचक सर्वाधिक ०.३५ प्रतिशतले घटेको छ ।



