५ अंकले बढ्यो नेप्से, २ अर्ब माथिको कारोबार

तु खबर संवाददाता
२०८० श्रावण २५, बिहीबार १५:४८

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से ५ अंकले बढेको छ । बिहीबार नेप्से सूचकांक ५.१३ अंकले बढेर २०६६ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा सुृधार कायमै रहँदा कारोबार रकम पनि २ अर्ब माथि पुगेको छ । बिहीबार नेप्सेमा सूचीकृत २६९ कम्पनीहरुको ५५ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ६५ लाख ८३ हजारको कारोबार भएको छ ।

नेप्से बढेसँगै बिहीबार ८ वटा उपसूचका हरियाली छाएको छ भने बाँकीका ५ उपसूचकमा रातो पोतिएको छ । होटल तथा पर्यटन उपसूचक सर्वाधिक २.६७ प्रतिशतले बढेको छ । निर्जीवन बीमा उपसूचक १.२५ प्रतिशतले बढेको छ ।

त्यस्तै, फाइनान्स उपसूचक भने सर्वाधिक ०.३९ प्रतिशतले घटेको छ ।