नेप्सेमा दोहोरो अंकको सुधार, १ अर्ब ८८ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०८० श्रावण २४, बुधबार १६:३१
file-photo

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । बुधबार नेप्से सूचकांक ४१ अंकले बढेर २०६० को विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २६५ कम्पनीहरुको ५० लाख १० हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजारको कारोबार भएको छ ।

नेप्सेमा सुधार देखिएसँगै उपसूचकहरुमा उछाल आएको छ । बुधबार सर्वाधिक ट्रेडिङ उपसूचक, होटल तथा पर्यटन उपसूचक, फाइनान्स उपसूचक, जीवन बीमा उपसूचक क्रमशः ३.६२, ३.५०, ३.३८, ३.१५ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज एकमात्र म्युचुअल फण्ड उपसूचक भने ०.४१ प्रतिशतले घटेको छ ।