प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

तु खबर संवाददाता
२०८० श्रावण १९, शुक्रबार ०८:५४

काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् ।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण यही साउन २० गतेदेखि अनिवार्य अवकाश हुँदैछन् ।

परिषद्को सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ ।