शेयर बजार आज २६ अंकले घट्यो
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा गिरावट आएको छ । आज शेयर बजार २६.६६ अंकले घटेर २२०० विन्दुमा कायम भएको छ ।
सोमबार नेप्सेमा सूचीकृत २६५ कम्पनीहरुको २ करोड ९ लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा चार अर्ब ७३ करोड ७६ लाख माथिको कारोबार भएको छ ।
शेयर बजार ओराली लागेसँगै ११ वटा उपसूचकमा रातो पोतिएको छ भने २ उपसूचमा मात्र हरियाली छाएको छ । आज सर्वाधिक अन्य उपसूचक २.८७ प्रतिशतले बढेको छ भने दोस्रोमा म्युचुअल फण्ड उपसूचक ०.९५ प्रतिशतले बढेको छ ।
