कांग्रेस सभापति देउवा र चिनियाँ नेताहरूबीच आज भेटवार्ता हुँदै

तु खबर संवाददाता
२०८० श्रावण ८, सोमबार ०९:२५
file photo

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन जियाजुन नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता हुने भएको छ ।

देउवासँग आज दिउँसो भेटवार्ता गर्ने तालिका तय भएको बताइएको छ । टोलीले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेको थियो ।

यस्तै, कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ नेता युआन जियाजुनले शिष्टाचार भेटवार्ता गरेका थिए । यस्तै, टोलीले हिजै नेकपा (माओवादी केन्द्र) का नेतासँग भेटवार्ता गरेको थियो ।