नेप्से ६३ अंकले बढ्यो, ४ अर्ब ३७ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बढेको छ । आइतबार नेप्से सूचकांक ६३.२४ अंकले बढेर २ हजार २२७.१६ विन्दुमा कायम भएको छ ।
शेयर बजारमा हरियाली छाएसँगै कारोबार रकम पनि ४ अर्ब नाघेको छ । आज नेप्सेमा सूचीकृत कुल २६६ कम्पनीहरुको १ करोड २० लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजारको कारोबार भएको छ ।
नेप्से उच्च अंकले बढेसँगै सबै उपसूचकमा हरियाली छाएको छ । आज सर्वाधिक बैंकिङ उपसूचक र विकास बैंक सूचांक क्रमशः ४.९८ र ४.७८ प्रतिशतले बढेको छ ।



