शेखर कोइरालालाई कांग्रेसका वरिष्ठ नेता बनाउन माग

तु खबर संवाददाता
२०८० श्रावण ४, बिहीबार १५:२३
file-photo

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालालाई वरिष्ठ नेताको पदमा राख्न माग गरिएको छ ।

तेस्रो दिन आज जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य डा.मोहनचन्द्र यादवले कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् ।

कांग्रेसको परम्परा अनुसार नेतृत्वको मुख्य प्रतिस्पर्धीलाई वरिष्ठ नेताको पद दिने उल्लेख गर्दै उनले बैठकमा यस्तो माग गरेका हुन् ।

उनले भने, ‘हामीले परम्परा अनुसार डा.शेखर कोइरालालाई वरिष्ठ नेताको पदमा राख्यौं भने पार्टीलाई बल पुग्छ । समन्वय, समझदारी र सहकार्यको अवस्था हुन्छ कि जस्तो मलाई लाग्छ ।’