सोमबार नेप्से परिसूचक ४७.०७ अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको छ ।
यस्तै, आज २५७ कम्पनीको ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक १२.१६ अंकले बढेको थियो । सो दिन २ अर्ब ३७ करोड ६४ लाख २७ हजार बराबरको सेयर कारोबार भएको थियो ।



