कांग्रेसको पदाधिकारी बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक हाल जारी छ । बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको हो ।
भोलि (मंगलबार) बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्न बैठक बसेको हो । एक वर्षपछि बस्न लागेको केन्द्रीय कमिटी बैठकका लागि पदाधिकारीहरुबीच छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा पूर्व गृहमन्त्रीसमेत रहेका पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाँड मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको विषय एजेण्डा बनाउने कि नबनाउने विषयमा पनि छलफल गर्नेछन् ।
