संघीय संसदबाट पारित बजेटसम्बन्धी विधेयक सभामुखद्वारा प्रमाणित

तु खबर संवाददाता
२०८० असार २९, शुक्रबार १८:०५
file-photo

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका आर्थिक वर्ष २०८०/०८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित गरेका छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधि सभाले संशोधनबिना पारित गरेको र राष्ट्रिय सभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० शुक्रबार प्रमाणित गरेका हुन् ।

संसदका दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान रहेको छ ।