बुधबार २५ अंकले बढ्यो नेप्से

तु खबर संवाददाता
२०८० असार २७, बुधबार १६:०८
file-photo

काठमाडौं । आज साता कारोबारको चौंथो दिन अर्थात बुधबार नेप्से सूचकांक बढेको छ । केही दिनदेखि लगातार गिरावट हुँदै आएको नेप्से आज बढेको हो ।

आज नेप्से परिसूचक २५.३१ अंकले बढेर दुई हजार ९७ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८९ कम्पनीहरुको ८५ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब १८ करोड ७६ लाख ९५ हजारको कारोबार भएको छ ।

बजारमा हरियाली छाएसँगै ११ वटा उपसूचकहरुमा हरियाली छाएको छ । आज सर्वाधिक हाइड्रोपावर उपसूचक ४.४१ प्रतिशतले बढेको छ ।
यस्तै, आज फाइनान्स उपसूचक भने १.९५ प्रतिशतले र होटल तथा पर्यटन उपसूचक ०.८७ प्रतिशतले घटेको छ ।