मंगलबार नेप्सेमा गिरावट

तु खबर संवाददाता
२०८० असार २६, मंगलवार १६:३०

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन नेप्सेमा गिरावट आएको छ । नेप्सेमा दोस्रो दिन गिरावट आएको नेप्सेमा तेस्रो दिनपनि गिरावट आएको हो ।

मंगलबार नेप्से सूचकांक ४.७३ अंकले घटेर दुई हजार ७२ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको ७९ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ८५ करोड ९४ लाख ९० हजारको कारोबार भएको छ ।

नेप्सेमा गिरावट आएसँगै अधिकांश उपसूचकहरुमा राताम्य भएको छ । मंगलबार नेप्से घट्दा ९ उपसूचकहरुमा रातो पोतिएको छ भने बाँकीका चार उपसूचकमा हरियाली छाएको छ ।