आइतबार नेप्से २८ अंकले बढ्यो

तु खबर संवाददाता
२०८० असार २४, आईतवार १६:२८

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । गत बुधवारदेखि निरन्तर घटेको नेप्सेमा आज सुधार आएको हो ।

आइतबार नेप्से उपसूचक २८.३८ अंकले बढेर दुई हजार ७७ को विन्दुमा कायम भएको छ ।

आइतबार नेप्सेमा सूचीकृत २८७ कम्पनीहरुको ८३ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब चार करोड २५ लाख ४३ हजारको कारोबार भएको छ ।

नेप्सेमा सुधारको संकेत देखिएसँगै सबै उपसूचकहरुमा हरियाली छाएको छ । आज सर्वाधिक होटल तथा पर्यटन उपसूचक ४.६३ प्रतिशतले बढेको छ भने दोस्रोमा ट्रेडिङ उपसूचक ४.०१ प्रतिशतले बढेको छ ।