आज संसद दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

तु खबर संवाददाता
२०८० असार १६, शनिबार ०९:०५
file-photo

काठमाडौं । आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ । हरेक वर्ष संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ ।

नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ । नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ ।

यस दिवसको अवसरमा पूर्व सांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्नेछन् ।