नेप्से ६२.२१ अंकले बढ्यो

तु खबर संवाददाता
२०८० असार १०, आईतवार १६:१६

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ को विन्दुमा कायम भएको छ ।

आज २७५ सूचीकृत कम्पनीहरुको १४ करोड ७ लाख १ हजार २४७ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज पनि बीमा क्षेत्रको उपसूचक उच्च अंकले बढेको छ । जीवन बीमाको उपसूचक ७.७९ अंकले बढेको छ भने निर्जिवन बीमाको उपसूचमक ६.०९ प्रतिशतले बढेको छ ।