ट्रेड युनियन कांग्रेसको महाधिवेशन आजदेखि सुरु
काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आज सोमबारदेखि सुरु हुने भएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी दिएको हो ।
ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानत ७७ वटै जिल्ला, सात वटै प्रदेश र २७ वटै आवद्ध राष्ट्रिय संघको अधिवेशन सम्पन्न गरी सातौँ महाधिवेशन गर्न लागेको जानकारी दिए ।
उनले नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो विधानमार्फत युवा र महिलाको सहभागितालाई बढाएको बताए । जिल्ला, प्रदेश र आवद्ध संघमा महिला र युवा सहभागिता बढाउन नेपाल ट्रेड युनियन कांग्रेस लागेको उनको भनाई थियो ।
