प्रतिनिधि सभाको आज बस्ने बैठकमा अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने भएको हो ।
आजको बैठकमा आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहेनछ ।
सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाशशरण महतले आज जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
