बागमती प्रदेश : खेलकुदलाई संस्कृतिको रुपमा विकास गरिने

तु खबर संवाददाता
२०८० जेष्ठ १४, आईतवार १५:५७

मकवानपुर । बागमती प्रदेश सरकारले स्वास्थ्य समक्ष र अनुशासित नागरिक तयार गर्न खेलकुदलाई संस्कृतिको रुपमा विकास गरिने भएको छ । आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले यस्तो घोषणा गरेका हुन् ।

प्रदेश सरकारले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धाका लागि समक्ष तथा व्यवसायी खेलाडी तयार गर्न खेलको पूर्वाधारको विकास गर्दै प्रशिक्षणको विकास गर्ने प्रदेश प्रमुख शर्माले बताए ।

साथै उनले स्थानीय स्तरमा खेलकुदलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिने बताए ।