आज संघीय संसद्को संयुक्त बैठक बस्दै

तु खबर संवाददाता
२०८० जेष्ठ १०, बुधबार ०८:३९
file photo

काठमाडौं । आज संघीय संसद्को संयुक्त बैठक बस्दैछ । बैठक सघीय संसद् भवन, बानेश्वरमा दिउँसो ४ बजे बस्ने भएको हो ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिनिधि सभा बैठक भने आज बिहान ११ बजे बस्नेछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ ।