राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित

तु खबर संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १५:४६
file-photo

काठमाडौं । राष्ट्रिय सभाको बैठकले तत्कालीन संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।

नेपाली कांग्रेसका नेता एवम् संविधान सभा सदस्य बस्नेतको गत बैशाख २९ गते निधन भएको थियो । लामो समयदेखि बिरामी उनको ७८ वर्षको उमेरमा आफ्नै निवास सिफलमा निधन भएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक आजै साँझ ६ बजेर १६ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ ।