कांग्रेसको हात्तिसुँढेमा कार्यकर्ता भेला तथा अन्तरक्रिया

तु खबर संवाददाता
२०८० जेष्ठ ४, बिहीबार १९:०१

मकवानपुर । नेपाली कांग्रेसको मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा (क) को आयोजनामा बिहीबार हात्तिसुँढेमा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भएको छ । कांग्रेसको केन्द्रीय परिपत्र बमोजिम वडा, गाउँपालिका, जिल्ला र प्रदेशको भेला गर्ने कार्यक्रम अन्तरगत कांग्रेसको मकवानपुर क्षेत्र नम्बर १ को (क) को भेला भएको हो ।

कार्यक्रम कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ को (क) का प्रदेश सभापति सुशान्तकुमार श्रेष्ठको सभाध्यक्षता एवम् कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यतामा भएको हो ।

कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको जिज्ञासा र पार्टीको भावी रणनीतिको बारेमा नेताद्वय डिना र बानियाँले जवाफ दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, पूर्व सभापति रघुरमण न्यौपाने, जिल्ला उपसभापति धर्मराज लामिछाने, महासमिति सदस्य जयराम लामिछाने, जिल्ला सदस्य आनन्दराम पराजुली, संघीय सभापति दामोदर खनाल, बकैया गाउँपालिका सभापति दिलबहादुर भोम्जन, गढी गाउँपालिका सचिव आईतसिं लो, बकैया ७ का वडासभापति पोषबहादुर घिमिरेलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।