राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि ३ दिन छलफल हुने

तु खबर संवाददाता
२०८० जेष्ठ ४, बिहीबार १६:३९
file-photo

काठमाडौं । राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि ३ दिन छलफल हुने भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले नीति तथा कार्यक्रममाथि जेठ ७,८ र ९ गते छलफल गर्ने र ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जवाफ दिने कार्यतालिका तय गरेको छ ।

सरकारले शुक्रबार संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।