प्रदेश प्रमुख शर्माद्वारा विधेयक प्रमाणीकरण

तु खबर संवाददाता
२०८० जेष्ठ १, सोमबार १८:०१
file-photo

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार एउटा विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को साविकको व्यवस्था जगाउने सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रेस संयोजक शिव चौलागाईंले जानकारी दिए ।

प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभा सचिवालयबाट प्राप्त भई आएको सो विधेयक आज प्रमाणीकरण गरेका हुन् ।