राप्रपाको केन्द्रीय समिति बैठक आजबाट

तु खबर संवाददाता
२०८० जेष्ठ १, सोमबार ०९:०५
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठक काठमाडौंको धूम्रबाराहीमा आज बिहान ११ः३० बजेबाट सुरु हुने भएको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा गरिनेछ ।

बैठकमा अध्यक्ष लिङ्देनले भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिलगायतका प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राखेपछि पार्टीको कार्ययोजनाको समीक्षा र आगामी कार्यदिशा तय हुनेछ ।