सातामा २० अंकले घट्यो नेप्से, २ अर्ब ८९ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०८० बैशाख २२, शुक्रबार १७:११

काठमाडौं । यो साताको शेयर बजारमा गिरावट आएको छ । सातामा नेप्से परिसूचकमा २० अंकको गिरावट हुँदा कारोबार २ अर्ब ८९ करोडमा झर्न पुगेको हो ।

सातामा २०.३ अंकले नेप्से घट्दै गर्दा यता २ अर्ब ८९ करोड ६९ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस साता चार दिन मात्र शेयर बजार खुलेको थियो । आइतबार १९.०९ अंकले घटेको नेप्से मंगलबार र बुधबार क्रमश ४.२६ अंकले र ९.४१ अंकले घटेको थियो । सोमबार भने मे १, अन्तर्राष्ट्रिय श्रमिक बिदाको दिन हुँदा बजार बन्द रह्यो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार यस्तो नेप्से सूचक १८ सय ८९.७५ अंकको विन्दुमा रोकिएको थियो ।