आज शेयर कारोबार बन्द रहने

तु खबर संवाददाता
२०८० बैशाख १८, सोमबार ०८:४९
file-photo

काठमाडौं । शेयर बजार सोमबार बन्द रहने भएको छ । बैशाख १८ गते सोमबार सरकारले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो ।

अब शेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचिकृत २७१ कम्पनीको ३२ लाख ३ हजार ४४६ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।