प्रधानमन्त्रीद्वारा रवि लामिछानेलाई सरकारमा आउन आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका छन् । आइतबार विहान बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरेका हुन् ।
भेटको क्रममा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई बधाई दिनुका साथै सरकारमा सहभागी हुन आग्रह गरेको एक नेताले बताए ।
यस्तै, सभापति लामिछानेले सरकारमा जाने र समर्थन फिर्ताको विषयमा बैठकबाट आधिकारिक निर्णय गर्ने जवाफ दिएको ती नेताले बताए ।
